FAQs Complain Problems

सिद्धार्थनगर नगरपालिकाको संक्षिप्त परिचय

सिद्धार्थनगर नगरपालिकाको परिचय

                     सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ । यो नगरपालिका ८३०२६’ पूर्वी देशान्तर र २७०३१’ उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्रसतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ । अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” रहेको छ ।
                     सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका रहेको छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका,उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारतले सिमाकंन गरिएको छ ।

प्रदेश

लुम्बिनी

जिल्ला

रुपन्देही

संघीय निर्वाचन क्षेत्र नं.

प्रादेशिक निर्वाचन क्षेत्र नं.

 ३

वडा संख्या

१३

कुल जनसंख्या

जम्मा जनसंख्या ७४,४३६(पुरुष ३७२४९,  महिला ३७१८७) (राष्ट्रिय जनगणना २०७८)

लैङ्गिक अनुपात

१००.१७

पुरुष प्रति १०० महिला

जनघनत्व

,०६६

कूल साक्षरता दर

८६.१%

पुरुष साक्षरता दर(९२.५ %)

महिला साक्षरता दर(७९.८ %)

क्षेत्रफल

३६.०३ वर्ग  कि.मी.

प्रमुख जातजाति

ब्राह्मण, क्षेत्री, मुस्लिम, मधेसी, मगर, गुरुङ्ग , नेवार आदि

धर्म

हिन्दु, मुस्लिम,बौद्ध आदी

जनघनत्व

२११८ प्रति वर्ग कि.मी.

घरधुरी

१५८७१  (राष्ट्रिय जनगणना २०७८)

सिमाना

पूर्वःओमसतिया र रोहिणी र्गाउँपालिका

पश्चिमःमायादेवी गाउँपालिका
उत्तरःओमसतिया र मायादेवी गाउँपालिका
दक्षिणःसुनौली (महाराजगञ्ज जिल्ला, भारत)

उचाई

११० मि. समुद्रसतहबाट

भौगोलिक अवस्थिति

देशान्तरः ८३ २६'  पूर्वी 

अक्षांसः २७ ३१'  उत्तर

नदीनालाहरु

डण्डा र घाघरा खोला

 

वडागत रुपमा जनसंख्याको वितरण

वडा नं.

पुरुष

महिला

जम्मा

1

3855

3841

7696

2

1847

1885

3732

3

4630

4677

9307

4

2703

2627

5330

5

452

377

829

6

5695

5452

11147

7

1792

1834

3626

8

5295

5277

10572

9

4102

4268

8370

10

1411

1374

2785

11

1688

1538

3226

12

2052

2171

4223

13

1727

1866

3593

जम्मा

37249

37187

74436

शैक्षिक संस्था/ विद्यालय
सामुदायिक विद्यालय         – १७ वटा
संस्थागत  विद्यालय           – ४२ वटा
मदरसा                         – १३ वटा
संस्कृत विद्यालय              – १ वटा
सिकाई केन्द्र                  – १ वटा

स्वास्थ्य संस्थाहरु
१. सामुदायिक सरकारी अस्पताल – १ वटा

  • भीम अस्पताल

२. निजि अस्पताल – ३ वटा

  • लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल
  •  युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल
  • ओजस हस्पिटल प्रा.लि.
  • आरोग्य मुल्टि स्पेशलिस्ट हेल्थ केयर एण्ड डाईग्योनोशटिक सेन्टर प्रा.लि.

३. शहरी स्वास्थ्य केन्द्र – २ वटा

  • शहरी स्वास्थ्य केन्द्र वडा नंं ९
  • शहरी स्वास्थ्य केन्द्र वडा नं. १०

४.आधारभूत  स्वास्थ्य सेवा केन्द ( ३ वटा

  • आधारभूत  स्वास्थ्य सेवा केन्द वडा नंं १
  • आधारभूत  स्वास्थ्य सेवा केन्द वडा नंं ३
  • आधारभूत  स्वास्थ्य सेवा केन्द वडा नंं ११

५. बेलहिया हेल्थ डेक्स वडा नंं १ – १ वटा