FAQs Complain Problems

सूचना सुचिकृत

सिद्धार्थनगर नगरपालिका कार्यालयको सूचना सूचिकृत विवरण

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ तथा नियमावली (दोस्रो संसोधन) २०६५ को नियम ३ बमोजिम

क्र.सं.

विवरण

गर्नुपर्ने व्यक्ति

निकायको स्वरुप र प्रकृति

सेवा प्रदायक कार्यालय स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली (संसोधित) २०५६ बमोजिम स्थापना भएको कार्यालय, कानुन द्धारा स्वशासित संस्था भएको ।

निकायको काम, कर्तव्य र अधिकार

स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली (संसोधित) २०५६ बमोजिम काम, कर्तव्य र अधिकार तोकिएको

निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

कर्मचारी संख्या — १३९ स्थायी र ७ जना करार कर्मचारी रहेको, कार्यालय सहयोगी कुचिकार वाहेक सवैलाई कार्यविवरण उपलब्ध गराईएको

निकायबाट प्रदान गरिने सेवा

स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली (संसोधित) २०५६ बमोजिम प्रदान गरिने सेवा प्रवाहको लागी लागु गरिएको क्षतीपुर्ति सहितको नागरिक वडापत्र बमोजिमका सेवाहरु प्रदान गरिने

सेवा प्रदान गर्ने निकायका शाखा र जिम्मेवारी अधिकारी

नागरिक वडापत्रमा उल्लेख भए बमोजिम रहेका

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

नागरिक वडापत्रमा उल्लेख गरिए बमोजिम हुने

निर्णय गर्ने प्रकृया र अधिकारी

कानुनले निर्धारण गरे बमोजिमको पदाधिकारी वा निजले अधिकार प्रत्यायोजन गरी तोकि दिए बमोजिमको कर्मचारी

निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रमुख/का.अ. श्री विष्णुदत्त गौतम (गुनासो सुन्ने अधिकारी वरिष्ठ अधिकृत श्री विवेक कुमार खनाल)

सम्पादन गरेको कामको विवरण

नागरिक वडा पत्रमा लेखिएको सवै काम एवं विकास निर्माण सम्बन्धि कार्यहरु

१०

प्रमुखको नाम र पद तथा सूचना अधिकारी

प्रमुख/का.अ. श्री विष्णुदत्त गौतम र सूचना अधिकारी शाखाअधिकृत श्री देवप्रसाद ज्ञवाली

११

ऐन, नियम, विनियम वा निर्देशिकाको सूचि

१) स्थानीय स्वायत्त शासन ऐन – २०५५

२) स्थानीय स्वायत्त शासन नियमावली (संसोधित) –२०५६

३) कर्मचारी विनियमावली — २०६७

४) भवन तथा योजना मापदण्ड — २०७०

५) कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि – २०६७

६) मासु बधस्थल तथा माछा मासु बिक्रि वितरण व्यवस्थापनगर्ने निर्देशिका– २०६७

७) सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५

८) सुशान ऐन २०६४

९) स्थानीय निकाय (आर्थिक प्रशासन) निमावली २०६४

१०) सार्वजनिक खरीद ऐन २०६४ र निमयावली २०६५

११) भ्रमण खर्च नियमावली २०६४

१२

आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

पत्र पत्रिका, रेडियो एफ.एम.,मार्फत प्रशारण गरिने, वडा नं. १ देखि १३ सम्मको सवै वडा समिति कार्यालय र संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाईएको तथा नगरपालिकाको वेवसाईटमा राख्ने गरिएको

१३

अघिल्लो आर्थिक बर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण

१) सामाजिक परीक्षण एक पटक

२) सार्वजनिक सुनुवाई तिन पटक र आयोजनागत रुपमा सार्वजनिक परीक्षण

३) नगरपरिषद्तथा बजेट सार्वजनिकिकरण

१४

सार्वजनिक निकायको वेवसाईट भए सोकोविवरण

www.siddharthanagarmun.gov.np

१५

सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता,ऋण, अनुदान एंव प्राविधिक सहयोग र सम्झौता सम्बन्धि विवरण

एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सम्झौता भई सिद्धार्थनगरमा एकिकृत शहरी विकास परियोजना सञ्चालनमा रहेको। नगरपालिकाले अन्य ऋणहरु नगरविकास कोषसंग सम्झौता गरी लिएको

१६

सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

१) न.पा. को आन्तरिक स्रोत, नेपाल सरकार तथा जिविसबाट प्राप्त अनुदान 

२) नगरविकास कोषबाट प्राप्त हुने ऋण अनुदान, सडकवोर्डको अनुदान तथा एशियाली विकास बैंकको अनुदान सहयोगमा विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन भैरहेको । आयोजनाको मासिक प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउने र विभिन्न माध्यमबाट सार्वजनिककीकरण गर्ने काम भईरहेको ।

१७

सार्वजनिक निकायले बर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

बर्गिकरण नगरेको

१८

सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको बिषय

मिति २०७१।९।१६ देखि २०७२।१।७ सम्म १९ थान निवेदन प्राप्त भई १८ मा सूचना उपलब्ध गराईएको । एकवटामा आवश्यक नभएको सनाखत कागज गरेको

१९

सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण

राष्ट्रिय दैनिक पत्रिकाहरु, एफ.एम. (रुपन्देही एफ.एम. तथा सिद्धार्थ एफ. एम.) तथा टेलिभिजन(लुम्बिनी)बाट प्रकाशन प्रसारण हुने गरेको