नगरपालिकाको दृष्टि

"पर्यटन, उद्योग, व्यवसाय र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा"

 

नगरपालिकाको संक्षिप्त परिचय

रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वार मध्य एक महत्पूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट सम्बोधित यस नगरको पाश्र्वचित्र तयार गर्ने जमर्को गरिएको छ । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यसको नामकरण के कसरी भयो भन्ने शोध खोज गर्दा पाल्पामा अवस्थित भैरवथानको गुठी भएकोले भैरव भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो भन्ने परम्परा रहिआएको छ । रूपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ मा भैरहवामा सारिएका थियो । यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुहरूले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएका छन् । 

सूचना सुचिकृत

सिद्धार्थनगर नगरपालिका कार्यालयको सूचना सूचिकृत विवरण

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ तथा नियमावली (दोस्रो संसोधन) २०६५ को नियम ३ बमोजिम

क्र.सं.

विवरण

गर्नुपर्ने व्यक्ति

निकायको स्वरुप र प्रकृति

सेवा प्रदायक कार्यालय स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली (संसोधित) २०५६ बमोजिम स्थापना भएको कार्यालय, कानुन द्धारा स्वशासित संस्था भएको ।

निकायको काम, कर्तव्य र अधिकार

स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली (संसोधित)